३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बागलुङबाट भैरहवा जाँदै गरेको बस पोखरामा दुर्घटना; एकको मृत्यु, तीन घाइते



काठमाडौं। पोखरामा सडकमा गुडीरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। बसमा सवार तीन जना घाइते भएका छन्।

बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडीरहेको अबस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

ब्रेक फेल भएपछि बस सडकको दायाँ किनारमा रहेको माटोको ढिस्कोमा ठक्कर खान पुगेको थियो र बसको ठक्करबाट भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको ज्यान गएको प्रहरीको भनाइ छ।

पोखरा २७ स्थित लेखनाथमा जारी लेखनाथ महोत्सवमा बाटा ९गमला० बिक्री गर्न जाँदै गर्दा महोत्सवस्थलको गेट आगाडी उनलाई बसले ठक्कर दिएको थियो। बसको ठक्कर पछि घाइते भएकी उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँचको क्रममा मृत घोषणा गरिएको थियो।

घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–८ घर भएका ३६ वर्षका रामजी गन्धर्ब र उनकी श्रीमती ३० वर्षकी विष्णु गायक तथा पर्साको दिप नगरपालिका–१ की ४६ वर्षीया चिजमाया गन्धर्व रहेकी छिन्।

उनीहरूमध्ये रामजीको बायाँ खुट्टमा, विष्णुको दायाँ हातमा र चिजमायाको दायाँ खुट्टामा चोट लागेको छ। बसमा २० जना सवार रहेकामा अन्य यात्रुको अवस्था सामान्य रहेको छ।

घटनापछि खटिएको इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : २९ बजे

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।