५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

दाङमा पिकनिक हिँडेको बस दुर्घटना, २० जना घाइते



दाङ । राप्ती राजमार्ग अन्तरगत सितलपुर-अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटना भएको छ । आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि हिडेको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ । बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले २० जना जति घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको जानकारी दिए ।

आँफुहरु घटनास्थल पुग्नु भन्दा पहिले नै चार पाँच जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको भन्ने कुरा अन्यले गरेको पनि उनले जानकारी दिए ।

तुलसीपुर पठाइएका मध्य तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बर्दियाबाट दंगिशरण-३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं.-१३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।

गाडी सडक छेउनमै वरालो झर्दै गर्दा सडकमै पल्टिएको छ । ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ३९ बजे

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी