९ कार्तिक २०८३, सोमबार | October 26, 2026

पैचोको बार्षिकोत्सवमा रक्तदान र माटो परीक्षण



बुटवल । गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा निशुल्क माटो परीक्षण सेवा दिएर वार्षिकोत्सव मनाएको हो ।

बुटवलको सुख्खानगर शाखामा आयोजना गरिएको रक्तदानमा ५० बढीले रक्तदान गरेको पैचोका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेले बताए । रक्तदान कार्यक्रमको बुटवल उपमहानगर वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले उदघाटन गरे । पैचोका तर्फबाट रेडक्रसको रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरिएको ३ सेट बिपी सेट हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा गुल्मीको छत्रकोट १ हुँगाका २५ जना किसानको निशुल्क माटो परिक्षण गरिएको पैचोले जनाएको छ । माटोको रिपोर्ट आएसँगै त्यहाँ उत्पादन हुने बिउबिजन र प्रबिधिक सेवा दिएर किसानलाई कृषि उत्पादनको प्रोत्साहन गरिने पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताए ।

माटो परिक्षण कार्यक्रमको छत्रकोट गाउपालिका वार्ड न १ का अध्यक्ष घनश्याम न्यौपाने उदघाटन गरे । सो अवसरमा बोल्दै उनले पैचोले किसानको हितको लागि काम गरिरहेको र आगामी दिनमा पनि आफ्नो कार्यलाई निरन्तरता दिन पैचो समुहलाई आग्रह गरे ।

स्थानीय कृषक मीना भण्डारीले कसैले नगरेको काम पैचोले गरेको उल्लेख गर्दै माटो परिक्षणले किसानको उत्पादकत्व वृद्धि हुने विश्वास ब्यक्त गरिन्।

कार्यक्रममा कम्पनीका संचालक श्री धातानन्द भण्डारी , शेयरधनी श्री प्रेम भण्डारी , राम प्रसाद भण्डारी तथा प्रभाकर भण्डारीको उपस्थिती रहेको थियो ।

बुटवलको रक्तददानमा पैचोको कर्मचारी र ग्राहक सहित अधिकांस होटल पौवाका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : २८ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री