८ चैत्र २०८२, आइतबार | March 22, 2026

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बीमितलाई रु एक लाख बराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्दछ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको बताइन् । “बीमितले अनावश्यकरुपमा स्वास्थ्य परीक्षण गराउन थाले”, उनले भनिन्, “त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।” उनका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागू हुनेछ ।

प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैयासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने उनको भनाइ छ । सहभुक्तानी प्रणाली सङ्घीय अस्पताल, २५ शैयाभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ । गरीब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिर्नु नपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन् । विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले रु एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : २४ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय