८ चैत्र २०८२, आइतबार | March 22, 2026

बागमतीका मन्त्री श्रेष्ठले वितरण गरे २३ घरधुरी हायु जातिलाई फाइबर सिरक



सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका लोपोन्मुख हायु जातिलाई फाइबर सिरक वितरण गरेका छन् ।

मन्त्री श्रेष्ठले सिन्धुलीको सुनकोशि गाउँपालिका वडा नं. २ को हायुटोलमा बसोबास गर्दै आएका २३ घरधुरी लोपोन्मुख हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गरेका हुन् ।

उनले सुनकोशी गाउँपालिकाकि अध्यक्ष दिपा बाहोरा दाहाल समेतको उपस्थितिमा २३ घरधुरी परिवारलाई प्रति परिवार २ थानका दरले ४६ थान फाइबर सिरक वितरण गरेका छन् ।

सिरक वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले हायु जातिको दुःख, सुखमा बागमती प्रदेश सरकार साथमा रहेको बताए । उनले आगामी दिनमा हायु जातिको उत्थानका लागि शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी लगायतको पुर्वाधार निमार्णमा बागमती प्रदेश सरकारले लगानी गर्ने पनि प्रतिवद्धता जनाए । उनले सिरक वितरण आफ्नो र प्रदेश सरकारको सानो सुरुवातमात्रै भएको बताउँदै हायु परिवारमा न्यानो भित्राउन पाएकोमा खुशी व्यक्त गरे ।

मन्त्री श्रेष्ठले गत साता पनि सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसोबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई न्यानो ओढ्ने (फाइबर सिरक) वितरण गरेका थिए । त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको थियो ।

उनले लोपोन्मुख हायु जाति, थामी जाति र पहरी लगायतका जातिलाई सिरक वितरण गर्ने कामले निरन्तरता पाउने पनि बताए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : १४ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को