१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२१ संस्थालाई गाभेर एक भएको ग्लोबल आईएमई बैंक, लोभलाग्दो प्रगतिदेखि कर बढि तिर्नेमा बैंकको यात्रा



काठमाडौ । २०७९ पुस २५ गते बैंक अफ काठमाडौसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रम ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका थिए “नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन हो । ”

त्यो ऐतिहासिक दिनलाई बिग मर्जर इतिहासले ग्लोवल बैंकलाई वाणिज्य बैंकको लिडर बैकको रुपमा स्थापित बनाइदिएको छ । लिडर बैंक बन्नका लागि ग्लोवल आईएमई बैंकले अहिलेसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बंैक तथा वित्तीय संस्था एक भइरहेका छन ।
नेपाल राष्ट्र बैंकको नीति मर्जर नीतिले ग्लोवल आईएमई बैंकले इतिहास बनाउन सफल भएको हो । अहिले ग्लोवल आईएमई बैंकले कुल पुँजी,निक्षेप,कर्जा शाखा सञ्जालका आधारमा देशकै ठूलो बैंकको रुपमा लिड गरिरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा छ अर्ब ८१ करोड रुपैयाँले वृद्धि गरेको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा ३४ दशमलव ९९ प्रतिशतले वृद्धि भई छ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले यही अवधिमा चार खर्ब ३९ अर्बभन्दा बढी निक्षेप सकंलन गर्नुका साथै तीन खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

२०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालीन ग्लोबल बैंकले २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्सलाई मर्जर पश्चात ग्लोबल आइएमई बैंकको बन्यो ।

त्यसपछि २०६९/७० “ख” वर्गको विकास बैंक सोसियल डेभलपमेण्ट बैंक र गुल्मी विकास बैंक समेत ग्लोवल बैकमा मर्ज भए ।
यस्तै २०७०/७१ म नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजत पत्र वाणिज्य बैक कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लिमिटेड बिच समेत ऐतिहासिक मर्ज गरिएको थियो । त्यहिबाट बिग मर्जरमा नयाँ अध्याय प्रारम्भ भएको मान्न सकिन्छ ।

ग्लोवल आईएमइ बैक मर्जको यात्रामा अझै रोकिदैन २०७३/७४ को अन्त्यमा यस बैंकले फेरी २ वटा “ख” वर्गको विकास बैंक प्यासिफक डेभलपमेण्ट बैंक र रिलायबल डेभलपमेण्ट बैंकलाई गाभ्न सफल भएको थियो । यस्तै आर्थिक वर्ष
२०७६/७७ को मा राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र हाथवे फाइनान्स लिमिटेड र सोहि वर्ष नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र वाणिज्य बैक जनता बैंक नेपाल लिमिटेड ग्लोबल बैंकमा मर्ज भयो ।

यसैगरि गत फेरी “क” वर्ग कै बैंक अफ काठमाण्डू लिमिटेड मर्ज गराएर एकिकृत कारोबार सुरु गरेको ग्लोबल आइएमई बैंक विभिन्न वित्तीय सूचकाकहरूमा अब्बलता कायम गरी देशकै एक अग्रणी बैंकको रुपमा सञ्चालन भई रहेको छ । मर्जर गरेसँगै ग्लोवल आइएमई बैंकमा २१ वटा गाभ्ने/गाभिने बैंक तथा वित्तीय संस्था पुगेका छन ।

यस्तो छ मर्जरको अवस्था

मर्जर वर्ष मर्जर/प्राप्ती गरेका संस्था मर्जर पछि बनेको संस्था
२०६८/६९ आइएमई फाइनान्सियल इन्स्टिच्यूसन ,लर्ड बुद्ध फाइनान्स-ग्लोबल आइएमई बैंक
२०६९/७० सोसियल डेभलपमेण्ट बैंक, गुल्मी विकास बैंक-ग्लोबल आइएमई बैंक
२०७०/७१ कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लिमिटेड- ग्लोबल आइएमई बैंक
२०७३/७४ प्यासिफक डेभलपमेण्ट बैंक र रिलायबल डेभलपमेण्ट बैंक- ग्लोबल आइएमई बैंक
२०७६/७७ हाथवे फाइनान्स लिमिटेड,जनता बैंक- ग्लोबल आइएमई बैंक
२०७९/८० बैंक अफ काठमाण्डू लिमिटेड- ग्लोबल आइएमई बैंक

मर्जरले अर्थतन्त्रको विस्तारको तुलनामा बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिले समग्र अर्थतन्त्रको विकासमा अपेक्षाकृत सहयोग पुग्नु राष्ट बैकको भनाई छ । अस्वस्थ प्रतिस्पर्धा, कमजोर सुशासन, न्यून पूँजी आधार आदि पक्षबाट प्रणालीगत जोखिम सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गरी वित्तीय क्षेत्रलाई सवल, सुदृढ र सक्षम तुल्याउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी नीतिले ग्लोवल आइएमई बैंकले इतिहास बनाउन सफल भएको छ ।

नेपालमा गाभ्ने÷गाभिने तथा प्राप्ति कार्यले गति लिनुमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सवलीकरण गर्ने उद्देश्यले गाभ्ने÷गाभ्ने तथा न्यूनतम चुक्ता पूँजी वृद्धि गर्दाे जनताको बचतको ग्यारेन्टी भएको छ भने बैंकहरु प्रति बिश्वास बढ्दो छ ।

मर्जरमा संगै इतिहास बनाएको ग्लोवल आइएमई बैकले बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड कर समेत तिरेको छ। यसरी बिग बैकको रुपमा रहेको ग्लोव ल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहक माझ पुग्न सफल भएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र