१० पुस २०८२, बिहिबार | December 25, 2025

कारको ठक्करबाट नेपालगगञ्जमा दुईजनाको मृत्यु



बाँके । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।

अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ५२ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न