२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

नेपालका नेताहरू बिपीको विचारबाट दीक्षित छन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बिपी कोइरालाको विचारबाट दीक्षित रहेको बताएका छन ।

नेपाली कांग्रेसले ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका संस्थापक कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य र सर्वमान्य नेता भएकामा कसैको दुईमत नरहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि आफूले प्रयास गरिरहेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्तागठबन्धन पूरै कार्यकालसम्म रहने र यसैबाट जनतालाई समृद्धि प्राप्त हुने बताउँदै सरकारका गरेका राम्रा कामको कांग्रेसले पनि निर्धक्क साथ अपनत्व र स्वामित्व लिन सक्नुपर्ने धारणा व्यक्त गरे ।

वर्तमान सरकारले सामाजिक न्याय, मिटरब्याजी पीडितलाई न्याय दिने, नागरिकताको समस्या समाधान, श्रमिकका समस्यालगायत विषयमा राम्रा काम भएको उनले जानकारी गराए । “यसबाहेक जनतालाई दुःख परेका बेला र ठाउँमा सरकारबाट तत्काल सक्दो सहयोग गर्ने काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने । उनले शुक्रबार ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको पीडित परिवारलाई राहत दिने काम अघि बढेको जानकारी गराए ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेको बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : २० बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ