३१ श्रावण २०८३, आइतबार | August 16, 2026

दुई साता भैरहवा मुकाम बनाएर के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?



भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लाे आइतबार भैरहवा आएका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् ।

एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए । शनिवार उनले शिवराज नगरपालिका-३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे । नेपालमै पहिलोपटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।

नेपाल एकीरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको बताइएको छ । यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ । त्यस्तै १७ गते परासी जाने समितिले जानकारी दिएको छ ।

पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित यहाँ आएका हुन् । उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन् । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गरे । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खाएका थिए । भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने नागरिक अभिनन्दन समितिका सदस्य सचिव गोपाल शर्माले बताए ।

पूर्वराजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गरेका छन् । समितिले भैरहवा पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिदा समेत नागरिक अभिनन्दनका संयोजक बस्यालले राजासँग भेटघाट नभएको बताएका थिए । उनले स्वागतमा विमानस्थलमा भेट भएको जनाएका थिए । पूर्वराजासँग अरु व्यक्तिगत तथा सामूहिक रूपमा कुराकानी छलफल गरे पनि सार्वजनिक रूपमा भने केही बोलेका छैनन । निजी सुरक्षा युनिटसहित अनौपचारिक भेटघाटमा उनी व्यस्त छन् ।

सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरेको छ । १९ गते पछि नै तालिका बन्ने समतिले जनाएको छ । भैरहवामा नागरिक अभिनन्दनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको डा. बस्यालले बताए । कार्य सम्पादन उपसमिति, प्रचार प्रसार उप–समिति, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन समिति, प्रचार प्रसार, सुरक्षा, अभिनन्दन तयारी, अनुगमन, संघ-संस्था समन्वय, राष्ट्रिय झण्डा व्यवस्थापन, यातायात तथा जनपरिचालन, स्वंयसेवकउप–-मिति गठन गरेको नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य सचिव शर्माले जानकारी दिए ।

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ३० बजे

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि