२० मंसिर २०८२, शनिबार | December 6, 2025

पुष २० र २१ गते बुटवलमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने



बुटवल । बुटवलमा पुष २० र २१ गते प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

‘राष्ट्रको लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नाराका साथ क्लबको कभर्डहल बुटवल-७ शिवनगरमा पौष २० र २१ गतेदेखि प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएका छन ।

मेन्स डबल खुल्ला र भेट्रान्स गरी दुई ईभेन्टमा हुने प्रतियोगितामा करिब १५० टिमको सहभागीता रहने न्यू लुम्बिनी ब्याडमिन्टन क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

दुई दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले खुल्लातर्फ ५१ हजार १११ रुपैया नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ३५ हजार १११ रुपैया नगद राशी प्राप्त गर्ने छ । यसैगरि अन्तिम ४ मा पुग्ने दुई समूहले ११ हजार १११ नगद राशी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भेट्रान्सतर्फ विजेताले ३१ हजार १११ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २१ हजार १११ तथा अन्तिम ४ मा पुग्ने दुई समुहलाई १५ हजार १११ नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी विधागततर्फ अनुशासित र उदयमान खेलाडीमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्लातर्फ प्रतिसमूह ३ हजार तथा भेट्रान्सतर्फ २ हजार ५ सय प्रवेश शुल्क राखिएको छ । प्रतियोगिता समापन गर्न १३ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगर पालिकाबाट ८ लाख तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबाट ५ लाख आर्थिक सहयोग प्राप्त हुने र विभिन्न निजी कम्पनीहरुबाट प्रायोजनको व्यवस्ता भएको अध्यक्ष पियाले जानकारी दिए । प्रदेश खेलकुद परिषद संरक्षक रहेको प्रतियोगितामा विभिन्न निजी कम्पनीहरुले पुरस्कार सौजन्यका लागि प्रतिवद्धता गरिसकेको उनले बताए ।

प्रतियोगिता बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी खेलकुद विकास परिषदका अध्यक्ष जयप्रकाश भट्टराईले प्रतियोगिता नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ५२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले