२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मंगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गईरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय दाँत तथा मुख रोगका सफल उपचारहरु हुँदै आएको थापाले बताइन् । सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालमा गुणस्तरीय र अति कम शुल्कमा दाँतका विभिन्न खाले उपचार उपलब्ध हुने उनले बताइन् ।

मंगलबार पहिलो पटक दाँतको सफल शल्यक्रियासँगै सेवाग्राहीहरु अब निजी स्वास्थ्य संस्थामा धाउनु पर्ने बाध्यता अन्त्य भएको डा. थापाले उल्लेख गरिन् । शल्यक्रिया डा. थापाको नेतृत्वमा डा. सम्राट पहाडी, डा. सुचना अधिकारी, डा. नारायण पोखरेल र डा. रिचा भडेलको टोलीले गरेको थियो ।

अस्पतालमा ओपीडीतर्फ मेसिसिन, इ एन टि, सर्जिकल, कार्डियोलोजी, न्यूरोलोजी, दन्त तथा मुख रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, हार्डजोर्नी, बाल रोग, आँखा रोग, न्यूरो सर्जरी, युरोलोजी तथा मनोरोग लगायतका उपचार हुँदै आएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल