१० पुस २०८२, बिहिबार | December 25, 2025

न्याय परिषद् सदस्य श्रेष्ठलाई बारको पत्र



काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन) का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफल लागि बोलाएको छ ।

बारमा महासचिव अन्जिता खनालले आज परिषद्का सदस्य श्रेष्ठलाई बिहीबार छलफलका लागि उपस्थित हुन आज पत्र पठाएकी छन् । न्यायाधीशहरुको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्याय परिषद् नियमावली संशोधन गरिएको विषयमा स्पष्ट हुनका लागि छलफलका लागि बोलाइएको महासचिव खनालले जानकारी दिइन् ।

“न्याय परिषद् नियमावली संशोधनप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई प्रधानन्यायाधीश एवं सदस्यलाई पटकपटक ध्यानाकर्षण गराइएको छ”, पत्रमा भनिएको छ, “न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा समेत यहाँ र बारको कार्यसमिति बीचमा छलफल गर्नुपर्ने भएकाले उपस्थितिका लागि अनुरोध गर्दछौँ ।”

अघिल्लै मितिमा नियुक्त भएका बहालवाला न्यायाधीशको ज्येष्ठताक्रम स्वतः पछि हुने गरी भएको संशोधन गरेकोप्रति कानुन व्यवसायीको छाता सङ्गठन बारले विरोध गर्दै आएको थियो । बारले उक्त विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : २४ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु