४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुगे, परराष्ट्रमन्त्री साउदले गरे स्वागत



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार बिहान उनी काठमाडौं आइपुगेका हुन् ।

विमानस्थलमा उनको स्वागतका निम्ति परराष्ट्रमन्त्री एनपी साउद समेत पुगेका थिए । संयुक्त आयोगको बैठक आजै सुरु हुनेछ । बिहीबार बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुनेछ ।

राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मध्याह्न १२ बजे शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।

दिउँसो १ बजे उनी नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटेल याक एन्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नेछन् ।

आजै दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहयातासम्बन्धी दुई सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।

दिउँसो २ बजे जयशंकर उनको सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । साँझ साढे ६ बजे उनी विदेशमन्त्रीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

शुक्रबार बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी शुक्रबार मध्याह्न साढे १२ बजे भारत फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १० : २४ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा