२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका



काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् ।

दुई दिने नेपाल भ्रमणमा आउने विदेशमन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् ।

आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नेछन भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गर्नेछन ।

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुबै देशका मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौता पछि बिदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटबार्ता हुनेछ, जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता हुने जनाईएको छ ।

साँझ ६ः१५ देखि सोल्टी होटलमा विदेशमन्त्री जयशंकरको सम्मानमा आयोजना रात्री भोजमा सहभागी हुने जनाइएको छ ।

आज दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोली भने भारतीय बिदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन, जसअनुसार भोली बिहान पशुपतिनाथको दर्शन गर्नेछन भने उनले पुर्ननिमार्ण भईरहेका भवनहरुको निरिक्षण गरेर १२ बजे अपरान्ह स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ४६ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई