६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी गएराति मलेसिया प्रस्थान गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देन भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी, मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने किराती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन तथा जनवरी ७ तारिखमा होटल ग्रान्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली सङ्घसंस्था, नेपाली राजदूतावासलगायत सरोकारवालासँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने कार्यक्रमसमेत रहेको प्रवक्ता श्रेष्ठले बताए ।

मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन । अध्यक्ष लिङ्देन यही पुस २४ गते स्वदेश फर्किने छन ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : ४० बजे

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र