१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अफगानिस्तानविरुद्धको टी- २० सिरिज खेल्ने भारतीय टिमको घोषणा



काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ। जनवरी ११ देखि हुने तीन खेलको टी-२० सिरिजका लागि कप्तान रोहित शर्मा र विराट कोहलीले टिममा कमब्याक गरेका छन्।

रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी-२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी-२० विश्वकपलाई ध्यानमा राख्दै टिममा फर्काइएको हो।

अफगानिस्तानविरुद्धको टी-२० सिरिजको कप्तानी रोहित शर्माले गर्ने भएका छन्। यस सिरिजमा सूर्यकुमार यादव र हार्दिक पाण्डेय खेल्ने छैनन्। दुवै इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

भारतीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिभम दुवे, वाशिंटन सुन्दर, अक्सर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आभेश खान र मुकेश कुमार रहेका छन्।

भारतले अफगानिस्तानविरुद्ध जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो खेल खेल्ने छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : २१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान