२८ भदौ २०८३, आइतबार | September 13, 2026

जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन



काठमाडौं । जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ ।

जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन् । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो ।

खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबारमात्र निधन भएको थियो ।

बेकनबाउर पछिल्ला समय मुटुको समस्याबाट पिडित थिए ।

उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ३५ बजे

आज तीजको दर खाने दिन

काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ