८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नेपालगन्जमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु



नेपालगन्ज । नेपालगन्जमा महिला उद्यमीहरुको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण सुरु भएको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुको उत्पादनलाई बिक्री वितरणका लागि राखिएको छ । मंगलबार एक कार्यक्रमका बीच नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रदर्शनीको उद्घाटन गरे ।

यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुको रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले जानकारी दिइन् । स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रर्दशनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताईन् ।

पुष २४ देखि २८ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शनी भैरहेको छ । यस पटक हाम्रो प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमीले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मललगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा राखिएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा हुन लागेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी विगत भन्दा अझ सफल र भव्य हुने अपेक्षा गरिएको प्रदर्शनी संयोजक एवम संघको प्रथम उपाध्यक्ष रेवती सिंहले बताईन् ।

यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका छन् । प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । आयोजकका अनुसार पुष २६ गते महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गरिने छ । प्रदर्शनीले महिला उद्यमीहरुको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्वपुर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालको केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताईन् ।

उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गरेको छ ।

उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : १८ बजे

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा