२० मंसिर २०८२, शनिबार | December 6, 2025

कथित ‘तपस्वी’ बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद



काठमाडौं । मंगलबार पक्राउ परेका आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने कथित तपस्वी रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित घरबाट बम्जनलाई पक्राउ गरेसँगै ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको जनाएको छ । यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ थान ल्यापटप, र ३५ थान पेनड्राइभ पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।

बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठ स्थित उनकै घरबाट पक्राउ परेका थिए। ​ बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।​

बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय