९ कार्तिक २०८३, सोमबार | October 26, 2026

‘अबैध’ इ-रिक्सा चलाउन पाउनु पर्ने भन्दै नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । अबैध रिक्सा संचालन गरिरहेका रिक्सा धनीहरुको पक्षमा नेपालगन्जमा प्रदर्शन गरिएको छ । बिना अनुमति कागजपत्र बिहिन अबैध रिक्सा नियनत्रणमा नेपालगन्ज उपमहानगरले कडाई गर्न थालेपछि अबैध रिक्सा धनीहरुको पक्षमा नेपालगन्जमा प्रदर्शन भएको हो ।

कुनै कानुनी प्रक्रिया पुरा नगरि बिना अनुमति र कागजपत्र नै नभएका इ-रिक्सा नगरमा गुड्न थालेपछि उपमहानगरले नियन्त्रणमा लिएर नष्ट गर्न थालेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले इ-रिक्सा माथी डोजर चलाएर नष्ट गरेको बिरोधमा ई-रिक्सा ब्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी गरेका हुन् । इ-रिक्सा माथी डोजर चलाएर गरिबको गाँस खोसेको भन्दै इ-रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा  इ-रिक्सा ब्यवसायी आन्दोलनमा उत्रिएका छन ।

गैरकानुनी रुपमा बिना कागजपत्र बिना दर्ता आफूखुसी सडकमा गुडिरहेको इ-रिक्सालाई लामो समयदेखि नियन्त्रणमा लिएर ताकेता गर्दा पनि कागजपत्र नबुझाएपछि ‘अबैध’ भनी इ-रिक्सालाई उपमहानगरपालिका कार्यालयले मंगलबार डोजर चलाएर नष्ट गर्न थालेको थियो ।

इ-रिक्सा नष्ट गरेको विरोधमा ठुलो संख्यामा इ-रिक्साहरु सडकमा तेर्साएर व्यवसायीले कार्यालयको मुलगेटमा बाँकेका प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखका विरुद्ध चर्का नाराबाजी गरेका छन् ।

आन्दोलनको नेतृत्व गरेको इ-रिक्सा ब्यवसायी संघ बाँकेका अध्यक्ष कुमारसिंह ठकुरीले आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन नरोक्ने बताएका छन् ।उनले गरिबको इ-रिक्सा डोजर चलाउन नमिल्ने बताउँदै कागजपत्र देखाउन नसकेकै भरमा रिक्सा नष्ट गर्नु गलत भएको बताए । ‘कहिलेकाहीँ कागज हराउँछ, कागज हराउँदैमा रिक्सामाथी डोजर चलाइदिने ?’ उनले प्रस्न गरे ।

संघले उपमहानगरपालिकादद्वारा नष्ट गरेका इ-रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका इ-रिक्साहरुलाई एक पटकलई फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका इ-रिक्साहरुलाई नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘इ-रिक्सा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि-२०७८’ पूर्ण रुपमा लागु गर्नुपर्ने माग राखेको छ ।

नेपालगन्जमा लामो समयदेखि बिना दर्ता, बिना कागजपत्र र बिना बिल भरपाईको इ-रिक्सा चल्दै आएपछि नगरको ट्राफिक ब्यवस्थापनमा गम्भीर असर पर्दै आएको थियो । इ-रिक्सा नियन्त्रण गर्न नसकेको भन्दै स्थानीयले उपमहानगरपालिका नेतृत्वको आलोचना गरेपछि उपमहानगर प्मुख प्रशान्त विष्टले इ-रिक्सा नियन्त्रणको प्रयास थालेका थिए ।

उपमहानगरले दर्जनौ पटक प्रमाण सहित इ-रिक्साको कानुनी हैसियत पुरा गर्न इ-रिक्सा ब्यवसायीलाई सूचना गरेपनि उपमहानगरको सूचनाको बेवास्ता गर्दै नेपालगन्जमा इ(रिक्सा आतंक चलिरहेको थियो । अनियन्त्रित इ-रिक्साकै कारण नेपालगन्जको सुर्खेतरोडमा हरेकदिन दुर्घटना बढेको स्थानीयबासीको गुनासो छ ।

इ-रिक्सा व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको मुलगेटमा ठूलो संख्यामा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ३९ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको