२२ भदौ २०८३, सोमबार | September 7, 2026

माघ ११-१३ नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै



नेपालगन्ज । नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजनामा माघ ११ गते देखि १३ गते सम्म नेपालगन्जमा कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीलाई तिब्र पारेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय थापाले बाँके ब्याडमिन्टनका लागि उर्वर जिल्ला भएको बताए । उनले बाँकेले मात्र १८ पुरुष र ४ महिला अन्तराष्ट्रिय ब्याडमिन्टनको खेलाडी जन्माएको स्मरण गर्दै नेपालमा ब्याडमिन्टनमा बाँकेको छुट्टै पहिचान रहेको दाबी गरे ।

उनले नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न थालिएको जानकारी दिए । नेपालगन्ज रङ्गशालाको कभर्डहलमा हुने प्रतियोगितामा पाँचवटा बिधामा प्रतियोगिता संचालन हुने उनले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा पाँच वटा विधामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल, ४५ प्लस भेट्रान्स डकल खेल समावेश गरिएको छ । खेललाई रोचक र प्रभावकारी बनाउन राष्ट्रिय स्तरका १५० खेलाडीहरुले भाग लिने पक्का भएको अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगितालाई स्वच्छ तथाप्रभावकारी ढंगबाट संचालनगर्नको लागि राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरु आउने उनले बताए ।

व्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष एकल र पुरुष डबलतर्फ प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु २५ हजार, तृतीय पुरस्कार रु १५ हजार, सान्त्वना पुरस्कार रु १५ हजार रहेको छ । महिला एकल तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको छ । यस्तै बि लेभल पुरुष डबल र भेन्ट्ररान्स ४५ प्लसतर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको आयोजकले जनाएको छ । ३ दिन सम्म संचालन हुने व्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा रहेको रंगशालाको कभर्ड हलमा हुने आयोजकले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : २४ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको