९ कार्तिक २०८३, सोमबार | October 26, 2026

माघ ११-१३ नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै



नेपालगन्ज । नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजनामा माघ ११ गते देखि १३ गते सम्म नेपालगन्जमा कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीलाई तिब्र पारेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय थापाले बाँके ब्याडमिन्टनका लागि उर्वर जिल्ला भएको बताए । उनले बाँकेले मात्र १८ पुरुष र ४ महिला अन्तराष्ट्रिय ब्याडमिन्टनको खेलाडी जन्माएको स्मरण गर्दै नेपालमा ब्याडमिन्टनमा बाँकेको छुट्टै पहिचान रहेको दाबी गरे ।

उनले नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न थालिएको जानकारी दिए । नेपालगन्ज रङ्गशालाको कभर्डहलमा हुने प्रतियोगितामा पाँचवटा बिधामा प्रतियोगिता संचालन हुने उनले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा पाँच वटा विधामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल, ४५ प्लस भेट्रान्स डकल खेल समावेश गरिएको छ । खेललाई रोचक र प्रभावकारी बनाउन राष्ट्रिय स्तरका १५० खेलाडीहरुले भाग लिने पक्का भएको अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगितालाई स्वच्छ तथाप्रभावकारी ढंगबाट संचालनगर्नको लागि राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरु आउने उनले बताए ।

व्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष एकल र पुरुष डबलतर्फ प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु २५ हजार, तृतीय पुरस्कार रु १५ हजार, सान्त्वना पुरस्कार रु १५ हजार रहेको छ । महिला एकल तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको छ । यस्तै बि लेभल पुरुष डबल र भेन्ट्ररान्स ४५ प्लसतर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको आयोजकले जनाएको छ । ३ दिन सम्म संचालन हुने व्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा रहेको रंगशालाको कभर्ड हलमा हुने आयोजकले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : २४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको