९ कार्तिक २०८३, सोमबार | October 26, 2026

यसै वर्षबाट नरैनापुरमा अपरेशन सहितको प्रसुतिकेन्द्र संचालन गर्न प्रदेश स्वास्थ्य मन्त्रीको निर्देशन



नरैनापुर । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले यसै आर्थिक वर्ष भित्र नरैनापुरमा अपरेशन सहितको बृहत प्रसुति सेवा विस्तार सहित सेवा प्रदानको काम गर्न निर्देशन गरेका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहित नरैनापुर पुगेका मन्त्री खनालले बांके जिल्लाको दुर्गम गाउँपालिका भएको र नेपालगंजबाट ४० किलो मिटरको दुरीमा रहेका कारण जटिल प्रकारका प्रसुतिहरुलाई आधारभुत अस्पताल मै अपरेशन द्वारा प्रसुति सेवा विस्तारका लागी लुम्विनि प्रदेश सरकारबाट यस आवमा ५० लाख बजेट विनियोजन गरेको बताए ।

उनले नरैनापुरको स्थानीय तहको सहयोग तथा सहकार्यमा सेवा प्रदानका लागी औजार उपकरण तथा दक्ष जनशक्तीको ब्यवस्था तत्काल ब्यवस्थापन गरि यसैवर्षबाट सेवा प्रदानको ब्यवस्था गर्न मन्त्री खनालले निर्देशन दिए । सेवा प्रदान गर्नका लागी प्रदेश सरकारले आबश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले ब्यक्त गरे ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईत्सियाक अहमद शाहले दुर्गम स्थानलाई प्राथमिकतामा राखेर नरैनापुर पुगेकोमा स्वास्थ्य मन्त्री सहितको टोलीलाई धन्यबाद दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णा के.सी. नमुनाले नरैनापुर क्षेत्रको बिकासमा आफु दिन रात लागि परेको र नरैनापुरको आधारभुत अस्पतालमा अपरेशन सहितको बृहत प्रसुति सेवा बिस्तारका लागी आफुले प्रदेश सरकारको तर्फबाट सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश सभासदस्य सन्जु चौधरी, माया पुन, शुशिला नेपाली, मिना सिद्धिकी, स्वास्थ्य मन्त्रालयका सचीव डा. जनार्दन पन्थी , स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद कुमार गिरि, भेरी अस्पताल बिकास समिती अध्यक्ष बिरेन्द्र शाहलगायत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५१ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको