८ चैत्र २०८२, आइतबार | March 22, 2026

नवसोच एकता क्लब तिलोत्तमा-१६ को खुल्ला भलिबल प्रतियोगिता शुरु



तिलोत्तमा । नवसोच एकता क्लब तिलोत्तमा-१६ को आयोजनामा बुधबारबाट प्रथम वडा कप माउन्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता-२०८० पर्सवामा शुरु भएको छ ।

राष्ट्रिय एकता दिवशको अवसर पारि बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवसोच एकता क्लवले जनाएको छ ।

त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् । हिजो आयोजित उद्घाटन कार्यकममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा वडा न १६ अधक्ष झविलाल भुसालले, खेलको माध्यमबाट समजमा उदाहरणीय बन्न सकिने बताए ।

साथै उनले खेल मानव जीवनका लागी अपरिहार्य रहेको भन्दै खेलबाटै नाम र दाम कमाउने अवस्था रहेकाले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल प्रर्दशन गर्न आग्रह गरे । क्लवका अध्यक्ष मुक्ति बस्यालको अध्यक्षता रहेको उदघाटन समारोहमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य ऋषिराम बस्याल, माउन्न्ट एभरेस्ट कत्था मिल्सका प्रवन्ध निर्देहक बसन्त रोक्का क्षेत्री लगायतले मन्तव्य दिएका थिए । क्लबका उपाध्यक्ष रामचन्द्र पाण्डेले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन पत्रकार प्रकाश पाण्डेले गरेका थिए । प्रगियोगिता भोली पौष २७ गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ४४ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली