८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रगति माध्यामिक विद्यालयले रजत जयन्ती मनाउने



बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगति माध्यामिक विद्यालयले रजत जयन्ती महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ऐतिहासिक २५ औँ वार्षिकोत्सबको अवसरमा विद्यालय ब्यवस्थापन समितिले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउने भएको हो ।

विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि ७ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरि मनाउन विभिन्न तयारी उपसमितिहरु गठन भएको बताईन् ।

विद्यालयमा विद्यालयस्तरीय खेलकुद, सास्कृतिक झाकि, अक्षयकोष छात्रवृत्ति वितरण, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुती, सम्मान, स्मारिका बिमोचन तथा दीपावली सहितका कार्यक्रम गरि मनाउने भएको उनले बताईन् ।

कार्यक्रममा विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा बिस २०५४ सालमा स्थापना भएको विद्यालय शैक्षिक योगदान दिदै आएको बताए ।

श्रमिक, गरिब, जनजातीहरुका छोराछोरीहरुलाई शिक्षा दिदै आएको विद्यालय नगरको पहुचमा पुग्न नसकेको अवस्थामा पनि स्थानिय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए ।

बिस २०७२ सालमा भकम्पबाट प्रभावित विद्यालय पुर्ननिर्माण गर्न नसकिएको उनले बताए। सरकारको दृष्टिकोण सामुदायिक विद्यालयमम केवल १० प्रतिशत रकम बजेट पर्याप्त नभएको उनले बताए । विद्यालयले पहिलोपटक प्रगति माबि स्मारिका प्रकाशन गर्न लागिएको उनले बताए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार भोज बहादुर केसी, विद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष लोकनाथ शर्माले विद्यालयमा सबैको सहयोग जरुरी रहेको बताए । विद्यालयमा अहिले २१ शिक्षक-कर्मचारी र ६ सय विद्यार्थीहरु अध्ययरत छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ५१ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली