२० मंसिर २०८२, शनिबार | December 6, 2025

करिब २ करोडको लगानीमा रुपन्देहीको तिलोत्तमामा फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्ट संचालन



तिलोत्तमा । करिब २ करोडको लगानीमा फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंम्बर ६ मा फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्ट संचालनमा आएको हो ।

बिहिबार रेष्टुरेन्टको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले युवा स्वरोजगारबाट नै देशको आर्थिक विकास हुने बताएका छन । विदेशमा सिकेका सीपलाई स्वदेशमा उपयोग गरि आर्थिक समृद्धिमा युवाहरु लाग्न उनले आग्रह गरे । वैदेशिक रोजगारबाट फर्किएर पर्यटनमा अग्रसर युवा दिपक पाण्डेले शुरु गरेको फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्टको उनले स्वरोजगार युवा अभियानमा नगरपालिकाबाट अभियानहरु चालेको बताए । स-साना व्यापार, ब्यवसायमा अडाउने गरि युवाहरुलाई विभिन्न तालिमहरु चलाउदै आएको उनले बताए । स्वदेशमा स्वरोजगार बन्ने गरि धेरै अभियानहरु चलाएको उनले बताए । देशको आर्थिक अवस्था बिस्तारै सुधार हुने उनले आशा ब्यक्त गर्दै पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्घता जनाए ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी देवि चौधरी, वडा नं ६ का वडाअध्यक्ष गणेश पाठक, वडा नं ७ का देविप्रसाद पंगेनी, उद्योग वाणिज्य संघ तिलोत्तमका महासचिव राजेन्द्र पाण्डे, शान्ति नमुना माबिका प्राचार्य कुलप्रसाद लामिछाने सफलताको शुभकामना दिए ।

होटलका संचालक दिपक पाण्डेले तिलोत्तमा नगरपालिका वडा नं ६ मा निजि जग्गामा ३२ धुर क्षेत्रफलमा पुर्वाधार निर्माण भएको बताए । जग्गासहित करिब २ करोड रुपैयाँ लगानीमा होटल तयार भएको उनले बताए । होटलमा ईण्डियन, चाईनिज, कन्टिनेन्टल गरि हाईजेनिक परिकार उपलब्ध छ । जहाँ ४ वटा एटेज रुम, ८० क्षमताको मिटिङ हल समेत रहेको संचालक दिपक पाण्डेले बताए । यसैगरि होटलमा खुल्ला रेष्टुरेन्ट समेत रहेको छ ।

सन २००६ मा दुबईमा सेल्समा काम गरेका थिए । स्वदेश फर्किएका उनी ४ वर्ष रेष्टुरेन्ट चलाए । कोभिडले समस्या परेपछि उनी केही समय रियल स्टेट हुदै कलाकारीतामा पनि रमाएका थिए । उनी १३ वर्ष दुबईमा बसोबास गरेका उनी बुटवलमा हिलसाईड क्याफे एण्ड रेष्टुरेन्ट संचालन गरे । तर उनी फेरि उहीँ पर्यटन पेशामा फर्किएका छन । पछिल्लोसमय आफ्नो लगानीलाई उनले तिलोत्तमा नगरपालिका वडा नं ६ मा फ्रेण्डसिप होटल, लज एण्ड रेष्टुरेन्ट शुरु गरेका छन । होटलको शुभारम्भको अवसरमा पुस २६ देखि २९ गतेसम्म विशेष छुटको ब्यवस्था रहेको छ । किचनमा एक जना सेफ, सहयोगी सहित ६ जना कर्मचारी छन ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ५ : ११ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय