८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

नवसोच एकता क्लबको खुल्ला भलिबलमा पहिलो चरणका खेल सम्पन्न



तिलोत्तमा । तिलोत्तमामा जारी प्रथम वडा कप माउण्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता २०८० मा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । राष्ट्रिय एकता दिवसको अवसर पारि आयोजित प्रतियोगितामा बिहिबार पहिलो चरण अन्र्तगतका ५ खेल सम्पन्न भएको हो ।

जसमा लाफा युवा क्लवलाई २—० को सोझो सेटमा हराउदै झरना स्र्पोटस क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ भने दोस्रो खेलमा मनकामना युवा क्लवले जिल्ला प्रहरी कार्यालय भैरहवा ‘ख’ लाई २—० सेटमा, त्यस्तैगरि भैरहवा युवा क्लवले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई २—१ को सेटमा, हिउँचुली युवा क्लव बोहियाले तिलोत्तमा वडा न १६ लाई २—० को सोझो सेटमा साथै आजको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय भैरहवा ‘क’ ले विहुली युवा क्लवलाई २—१ को सेटमा हराउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

सेमीफाईनल र फाईनलका खेलहरु भोली आयोजना हुने र भोली नै प्रतियोगिताको समापन गरिने क्लवका कोषाध्यक्ष पुरुषोत्तम सुवेदीले जानकारी दिए । नवसोच एकता क्लब तिलोत्तमा १६ को आयोजनामा बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवसोच एकता क्लवका अध्यक्ष मुक्ति बस्यालले जानकारी दिएका छन । त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : १४ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।