१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘प्रविधिको विकाससँगै मिथ्या सूचना बढ्यो’



बुटवल । प्रविधिको विकाससँगै मिथ्या सूचना बढेकाले सचेत हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सेन्टर फर मिडिया रिर्सच नेपालले विहीबार बुटवलमा आयोजना गरेको सूचनाको चलखेल र लोकतन्त्र विषयमा सरोकारवालहरुसँगको छलफल विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले मिथ्या सूचना पहिला पनि हुने गरेको भएपनि प्रविधिको विकाससँगै पछिल्लो समय धेरै भ्रामक र गलत सूचना आउने गरेको बताए । नेकपा एमालेका बुटवल उपमहानगरपालिका अध्यक्ष किशन ज्ञवालीले मिथ्या सूचनालाई सरकारले नियमन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए।

सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक पाठकले मिडिया र सोसियल मिडियालाई पाठकले एउटै रुपमा हेर्ने र सूचनाको चलखेल हरेक क्षेत्रमा हुने गरेको बताए ।

छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे, तारा थापा, भगवती अधिकारी, जमुना ढकालले पछिल्लो समयमा मिथ्या सूचना बढेकाले सचेत हुनु पर्नेमा जोड दिए । मिथ्या सूचनाको नियन्त्रणका लागि कानुन नै बनाउन आवश्यक रहेको बताउँदै उनीहरुले यसको लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाए ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारीका रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका रुपन्देही अध्यक्ष कबिन्द्र नेपाल, संचारिका समूह रुपन्देही अध्यक्ष निरु गौतमलगायतले आ(आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा