४ पुस २०८२, शुक्रबार | December 20, 2025

कर्णाली प्रदेशको स्थानीय तहहरुको खानेपानी सरसफाइ स्वच्छता अद्यावधिक तालिम सम्पन्न



सुर्खेत । सबैका लागि दिगोखानेपानी सरसफाइ तथा स्वच्छता आयोजना कार्यक्रम लागू भएका कर्णालीका १९ वटा स्थानीयतहका इन्जिनियर, वास फोकल पर्सन , आइटी अफिसर , वास कोर्डिनेटरहरका लागी २ दिने वास प्लान अद्यावधिक तालिम सम्पन्न भएको छ ।

सुर्खेतको बीरेन्द्रनगरका पौष २२ गतेदेखि २५ गते सम्म दुई चरणमा तालिम सम्पन्न भएको वास कर्णालीले जनाएको छ । तालिममा स्थानीय तहबाट ४५ जना कर्मचारीहरु उपस्थित रहेका थिए । तालिम अत्यन्तै महत्वपूर्ण र प्रमाणमा आधारित योजना तर्जुमा बिधि भएको दार्मा गाउँपालिकाकी इन्जिनियर आरजु चन्दले बताइन् । बिद्युतिय सुशासन मार्फत योजना तर्जुमा गर्ने विधि स्थानीय तहका लागि उपयोगी सिद्दहुने उनले बताइन् ।

तालिम प्रयोगात्मक कुरामा जोड दिइएकाले उपयोगी हुने भगवतीमाई गाउँ पालिकाको वास इकाईमा कार्यरत वास संयोजक चक्र भण्डारीले बताए ।

तालिमको प्रशिक्षण खानेपानी तथा ढल ब्यबस्थापन बिभागको ब्यबस्थापन सूचना प्रणालीमा कार्यरत डाटा विश्लेषक निरब बैधले गरेका थिए भने सुस्वा आयोजनाका सुशासन बिज्ञ निराजन श्रेष्ठ र ब्यबस्थापन सूचना प्रणाली सल्लाहकार छ्त्र चौधरीले सहभागीहरुलाइ सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ९ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको