२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेशको स्थानीय तहहरुको खानेपानी सरसफाइ स्वच्छता अद्यावधिक तालिम सम्पन्न



सुर्खेत । सबैका लागि दिगोखानेपानी सरसफाइ तथा स्वच्छता आयोजना कार्यक्रम लागू भएका कर्णालीका १९ वटा स्थानीयतहका इन्जिनियर, वास फोकल पर्सन , आइटी अफिसर , वास कोर्डिनेटरहरका लागी २ दिने वास प्लान अद्यावधिक तालिम सम्पन्न भएको छ ।

सुर्खेतको बीरेन्द्रनगरका पौष २२ गतेदेखि २५ गते सम्म दुई चरणमा तालिम सम्पन्न भएको वास कर्णालीले जनाएको छ । तालिममा स्थानीय तहबाट ४५ जना कर्मचारीहरु उपस्थित रहेका थिए । तालिम अत्यन्तै महत्वपूर्ण र प्रमाणमा आधारित योजना तर्जुमा बिधि भएको दार्मा गाउँपालिकाकी इन्जिनियर आरजु चन्दले बताइन् । बिद्युतिय सुशासन मार्फत योजना तर्जुमा गर्ने विधि स्थानीय तहका लागि उपयोगी सिद्दहुने उनले बताइन् ।

तालिम प्रयोगात्मक कुरामा जोड दिइएकाले उपयोगी हुने भगवतीमाई गाउँ पालिकाको वास इकाईमा कार्यरत वास संयोजक चक्र भण्डारीले बताए ।

तालिमको प्रशिक्षण खानेपानी तथा ढल ब्यबस्थापन बिभागको ब्यबस्थापन सूचना प्रणालीमा कार्यरत डाटा विश्लेषक निरब बैधले गरेका थिए भने सुस्वा आयोजनाका सुशासन बिज्ञ निराजन श्रेष्ठ र ब्यबस्थापन सूचना प्रणाली सल्लाहकार छ्त्र चौधरीले सहभागीहरुलाइ सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ९ : ४२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका