२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिदैं उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना समेत व्यक्त गरेका छन ।

“पृथ्वीनारायण शाहले स(साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन, “यही आधारभूमिमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौँ । स-साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले विर्सन हुँदैन ।”

राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : ०९ बजे

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नृत्यकर्मी संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

बुटवल । नृत्यकर्मी संघ नेपाल, रुपन्देहीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति