१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा



काठमाडौं । आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् । ती चलचित्रमार्फत तीन नयाँ अनुहार रजतपटमा भित्रिएका छन् । चलचित्र निर्माणको सङ्ख्या वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आगमन बढिरहेको हो ।

दीपक श्रेष्ठले निर्देशन गरेको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेतामा किरण श्रेष्ठले अभिनय प्रारम्भ गरेका छन । निर्देशक श्रेष्ठले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई कुनै न कुनैरूपमा अगाडि ल्याइरहेको जानकारी दिए ।

“नयाँ अनुहारलाई हामीले प्राथमिकता नदिए कसले दिन्छ रु हाम्रो कर्तव्य नै प्रतिभालाई पर्दाअगाडि ल्याउनु हो । यसपटक मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार हुनुहुन्छ”, उनले भने । उनी निर्देशित ‘हिम्मत’ मार्फत गायनमा दीपक लिम्बू, ‘पर्खी बसेँ’ मार्फत अभिनेता राजबल्लभ कोइराला र अभिनेत्री युना उप्रेतीलगायतले आफ्नो करिअर सुरुआत गरेका हुन । युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रमार्फत मुख्य भूमिकामा देखिएकी अभिनेत्री बुढाथोकीले आफू उत्साहित भएको बताइन ।

“अनुभवी निर्देशकसँग काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ । यो अनुभव मेरा लागि आउँदो समयमा उपयोगी हुनेछ”, अभिनेत्री बुढाथोकीले भनिन, “अभिनयमा रुचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाबारे खुलेर घरमा भन्न सकेका छौँ । हामीजस्ता नयाँलाई अहिले सहज भएको छ ।” मण्डला नाटकघरमा सात वर्षमा तेह्र वटा नाटकमा अभिनय गरेका अभिनेता श्रेष्ठले चलचित्रमा हिरो बन्ने मौका बल्ल प्राप्त भएको बताए ।

“रङ्गमञ्चमा गरिरहेको अभिनय र चलचित्रमा भिन्नता हुने रहेछ । मैले नयाँ अनुभव प्राप्त गरेँ । यसले आगामी समयमा नाटकमा पनि मलाई सघाउने छ”, उनले भने, “म कलात्मक र व्यावसायिक भनिने दुवै चलचित्रमा काम गर्न चाहन्छु । किनकि म हिरो मात्र नभई कलाकार बन्न चाहन्छु ।”

उक्त चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायत कलाकारले पनि अभिनय गरेका छन । आजै प्रदर्शनमा आएको अर्को चलचित्र ‘चित्रा’ मार्फत अभिनेताको रुपमा सन्तोष अधिकारीले यात्रा सुरू गरेमन छन । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेको उनले आफू सुहाउँदो भूमिका पाएकै कारण अभिनयमार्फत अगाडि बढेको बताए ।

“मैले केही कार्यक्रम ९इभेन्ट० गर्नाका साथै केही चलचित्र पनि निर्माणसमेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेरै अभिनय गरे”, अभिनेता अधिकारीले भने, “यसमा मैले पिताको भूमिका निर्वाह गरेको छु । पर्दाबाहिर निर्वाह गरिरहेको दायित्वलाई पर्दाभित्र ल्याउन असहज भएन । द्वन्द्वका दृश्यमा भने मेहनत गरे ।”

अभिनेता अधिकारीको प्रवेशले अभिनय यात्रा प्रारम्भ भएको निर्देशक घनश्याम लामिछानेले बताए । “मलाई चाहिएको पिताको पात्रमा उहाँ भावनात्मक रुपमा समेत जोडिएको पाएँ । उक्त भूमिकालाई न्याय गर्ने भएकाले नै ‘कास्टिङ’ सम्भव भएको हो”, उनले भने ।

उक्त चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अञ्जना बराइली, अर्पण थापा, सिम्रन खड्कालगायत कलाकारले पनि अभिनय रेका छन ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ०७ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा