१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्- हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’



काठमाडौं । फिल्ममा निर्देशक के हो ? मिडिया कुराकानीका लागि तयार भएका निर्देशक घनश्याम लामिछाने केही समय सोचमग्न भए । यसपछि भने- ‘कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचक हो ।’

उत्तर जति छोटो छ, त्यसलाई पर्दामा रुपान्तरण गर्ने यात्रा उती नै कठिन पनि । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ । उनी अर्काे निर्देशकमा के खोज्छन् होला ?

त्यसको उत्तर पनि लामो दिएनन् उनले । भने- ‘प्रस्तुतिलाई हेर्छु, कति गहिराइमा पुगेर विषयबस्तुको प्रस्तुति दिएको छ भनेर याद गर्छु ।’

पुस २७ गतेबाट उनी निर्देशित फिल्म चित्रा’ रिलिज हुँदैछ । लामिछाने यही फिल्मको पोष्ट प्रोडक्शनमा व्यस्त छन् । पुराना निर्देशकहरुमा शिव रेग्मीका फ्यान हुन् लामिछाने । नयाँमा भने उनी परिच्छेद सेनको कामबाट प्रभावित छन् ।

निर्देशकमा आफ्नो स्टाइल हुनुपर्छ भन्ने उनको खरो मान्यता छ ।  उनलाई लाग्छ निर्देशकले दिने स्टाइल कथाले निर्धारण गर्छ । त्यही भएर उनी निर्देशन गर्दा पहिला कथा हेर्छन् र त्यसले माग गर्ने स्टाइलमा फिल्म बनाउन अघि सर्छन् ।

‘चित्रा’को कथाले पनि उनलाई फरक स्टाइलमा कथा भन्न प्रेरित ग¥यो । त्यसैले उनले यथार्थको नजिक रहेर अघिल्ला फिल्महरु बनाएको भएपनि यसपटक यथार्थतासँगै क्यानभास निर्माणमा पनि ध्यान दिएका छन् । त्यो पनि ठूलो क्यानभास । ठूलो क्यानभासमा उनको स्टाइल मिलेपछि ‘चित्रा’को जन्म भएको हो ।

चित्राले देखाउने कथा के हो त ? अर्को प्रश्नमा उनी भन्छन्- ‘हामीले धेरै कथाहरु अरुको हेरेर बनायौं । अरुले भनिसकेका कथाहरु भन्यौं । कथा भएनन् भनेर खोज्दै पनि हिँड्यौं तर हामीले घर समाजमै रहेका कथाहरुलाई भन्ने कोशिश कहिले गरेनौं । प्रस्तुतिमा त प्रभावित थियौं हामी । तर, कथा छनोट गर्दा पनि प्रभावित भएका छौं । हामी त्यसबाट पर रहँदै ‘चित्रा’मा बाबु र छोरीको आफ्नो कथा भनेका छौं ।’

थप व्याख्या गर्दै उनी थप्छन्- ‘हाम्रा धेरै फिल्म सामान्य प्लटहरुमा मात्र आधारित रहे । जस्तो अपहरण देखाउनु छ भने कि प्रेमिकालाई देखायौं कि श्रीमतीलाई । जे गरेको हुन्छ सँधै केटा पात्र मात्रले यस्ता कामहरु गरेको देखायौं । त्यस्तै हामी माया प्रेमका प्रसंगहरुबाट पर जान नै सकेनौं । यसमा पनि प्रेम त छ तर परिवारभित्रको बाबुछोरीको प्रेमको कहानी छ, स्नेहको कहानी छ, वात्सल्यको । यसको कथा सबैको जीवनमा घटेन होला तर सबैले आफूलाई यसमा जोड्न सक्छन् भन्ने मलाई लाग्छ ।’

लामिछानेले यो फिल्म आफ्ना अघिल्ला फिल्म भन्दा फरक रहेको दाबी गरे । अघिल्ला फिल्महरुमा यथार्थताको नजिक रहेर काम गर्दा कथा केही सुस्त गतीको र सरल भएपनि यसपटक यथार्थलाई नबिर्सी श्रृंगारपटार गरेर बनाएको उनको भनाई छ ।

दर्शकले मनोरञ्जन खोज्ने भएकाले पनि यसपटक आफूले त्यसलाई बढी ध्यान दिएको उनको तर्क छ । फिल्ममा बाबु र छोरीबिचको भावनाको कथा बेजोड रहेको लामिछाने बताउँछन् ।

मूलधारको फिल्ममा आएदेखि नै उनले कलाकार भने नाम चलेका नै छान्दै आएका थिए । जुन यसमा पनि जारी छ । तर, फिल्मको मुख्य भूमिकामा भने नयाँ कलाकार सन्तोष अधिकारी छन् । तर, निर्देशक लामिछाने आफ्ना सबै कलाकारको कामबाट खुशी छन् ।

तर सबैभन्दा खुशी भने उनलाई यो फिल्मकी बाल कलाकार आयुशी ढकालले दिइन् । आयुशीको कामबाट धेरै प्रभावित बनेको उनले खुलाए । ‘फिल्ममा अरु थुप्रै कलाकारहरु त हुनुहुन्छ नै तर ६-७ वर्षको नानीबाट यस किसिमको अभिनय आएको छ कि जुन व्यवसायिक कलाकारबाट पनि पाउन मुश्किल पर्छ ।’ उनले भने ।

डेब्यू अभिनेताका रुपमा सन्तोष अधिकारीको कामले पनि उनी प्रभावित बनेका छन । फिल्ममा काम गरेका प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे आदिका बारेमा अभिनय कस्तो गर्नुभयो भनेर थप व्याख्या दिन उनी आवश्यक ठान्दैनन् ।

उनका पछिल्ला फिल्महरु ‘धौली’ तथा ’पञ्जेबाजा’ले राम्रो समीक्षा पाए । यसपछि भने निर्देशक लामिछानेको नाम राम्रो फिल्म बनाउने निर्देशकको कोटीमा परिसकेको छ । पौष २७ गतेबाट रिलिज हुन लागेको फिल्मबाट लामिछाने आफै पनि आशावादी छन् । यी पूर्व शिक्षकले फिल्मलाई जुन लयमा बगाएका छन्, त्यसले काम गर्यो भने नेपाली फिल्म क्षेत्रले धेरै कुराहरु पाउने पक्का छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ४७ बजे

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री