७ पुस २०८२, सोमबार | December 23, 2025

उपमहानगरको बजेटबाट बनेको पृथ्वीनारायण शाहको शालिक राप्रपा नेताबाट अनावरण



बुटवल। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक राप्रपाका स्थानीय नेताबाट शुक्रबार अनावरण गरिएको छ । २७ पौष अर्थात पृथ्वी जयन्तीको अवसर पारी बुटवल–बेलहिया सडक खण्ड अन्तरगत बुटवल–१० मा स्थापना गरिएको पूर्णकदको शालिक राप्रपाका स्थानीय नेता रुपसिंह थापाबाट अनावरण गरिएको हो ।

बुटवल उपमहानगरको १० लाख तथा वडा नम्बर १० ले ५० हजार आर्थिक सहयोगबाट शालिक निर्माणको थालनी गरिएकोमा थप रकम स्थानीय पृथ्वीचोक बासी र शुभचिन्तकबाट संकलन गरी निर्माण शालिक निर्माण गरिएको थियो ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राप्रपाका स्थानीय नेता रुपसिंह थापा, निलम अधिकारी लगायतको उपस्थितीमा शालिक अनावरण गरिएको छ । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत राजमार्ग चौराहदेखि दक्षणितर्फ सडकको हरियाली क्षेत्रमा सालिक निर्माण गरिएको छ । अनावरण कार्यक्रममा रकम उपलब्ध गराउन उपमहानगरका पदाधिकारीको भने उपस्थिती रहेको थिएन ।

पछिल्लो समयमा राज्यका नेतृत्वमा पुगेकाहरुले ईतिहाँस मेट्दै जाँदा नयाँ पुस्ता ईतिहाँस जान्नबाट विमुख हुने गरेकोले नयाँ पुस्ताले ईतिहाँसबारे जानकारी लिन सकुन् भन्ने उद्देश्यले सडक किनारमा सालिक निर्माण गरिएको राप्रपा नेता थापाले जानकारी दिए। शालिकको शिलान्यास भने एमाले युवा नेता एवं बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बलबहादुर पुनले गरेका थिए ।

करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको थापाले जानकारी दिए। ढलोटबाट निर्माण गरिएको उक्त सालिक सात फिट उचाइँको रहेको छ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ०५ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत