३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमा मिस्टर एण्ड मिसेस विश्वकर्मा प्रतियोगिता



बुटवल । लुम्बिनी प्रदेभरीका विश्वकर्मा युवा युवतीहरु बीच बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्माको आयोजना हुने भएको छ । बिब्रोब्सको आयोजनामा देशभरबाट विभिन्न चरणमा प्रतिभाहरुको छनोट गरी प्रतिस्पर्धा गराउने उद्देश्यले बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्मा हुने भएको हो ।

विश्वकर्मा समुदायका युवाहरुलाई सामाजिक रुपमा अघि बढाउनका लागि अनलाइन अडिसन तथा फिजिकल अडिसनसहित देशका ७ वटै प्रदेशबाट उत्कृष्ट १/१ जना मिस्टर एण्ड मिस छनोट गरिने छ । केही प्रतिस्पर्धीलाई वाइल्डकार्डबाट प्रवेश गराई देशभरबाट कम्तिमा १२/१२ जना युवाहरु छनोट गरी मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल छनोट गरिने बिब्रोब्सका अध्यक्ष सञ्जिव विश्वकर्माले जानकारी दिए ।

सोही उद्देश्य अनुसार लुम्बिनी प्रदेश स्तरीय मिस्टर एण्ड मिस विश्वकर्मा आयोजना हुने भएको हो । अनलाइन अडिसनमा छनोट भएकाहरुलाई यही माघ ११ गतेदेखि क्लोज क्यम्पमा राखेर छनोटपछि माघ २७ गते ग्राण्ड फिनालेको आयोजना गरिने कार्यक्रमकी लुम्बिनी संयोजक एलिसा गहतराजले जानकारी दिइन् । विगत २ वर्षदेखि काठमाडौंमा मात्रै आयोजना गर्दै आइएको यो प्रतियोगिता तेस्रो सिजनमा भने देशभर पुगेर छनोट गर्ने उद्देश्यसहित प्रदेश स्तरीय प्रतिस्पर्धा गराइएको उनले जानकारी दिइन् । लुम्बिनीबाट प्रतिस्पर्धामा सहभागिताका लागि हालसम्म ४५ जना अनलाइन अडिशनबाट छनोट भइसकेको र यो सङ्ख्या थप बढ्न सक्ने उनले बताइन् । छनोट भएका उनीहरुलाई १६ दिनसम्म क्लोज क्याम्पमा राखी विभिन्न व्यक्तित्व बिकासका तालिमपछि पुनः छनोट गरी प्रदेश स्तरीय फिनालेमा प्रतिस्पर्धा गराइने गहतराजले बताइन् ।

विश्वकर्मा समुदायका ११८ थरको सूची तयार पारी उक्त समुदायभित्रका प्रतिभाको खोजी भैरहेको बताउँदै उनले १६ वर्ष पूरा भई २९ वर्षसम्मका युवा युवतीहरुले प्रतिस्पर्धामा भाग लिन पाउने जानकारी दिइन् । प्रत्येक प्रदेशबाट अनलाइन अडिसनमै कम्तिमा ३० जना युवा युवतीहरु छनोट गर्ने र प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्य अनुरुप हालसम्म कोशी प्रदेश र गण्डकी प्रदेशमा प्रतियोगिता सम्पन्न भइसकेका छन् । लुम्बिनी प्रदेशबागमती प्रदेशमा प्रतियोगिता गरिने छ ।

विजेतालाई नगद राशीसहित विभिन्न आकर्षक पुरस्कार तथा फेलोसिपको व्यवस्था गरिने प्रतियोगितामा डिजिटल अडिसनमा छनोट भएका प्रतिस्पर्धीले १० हजार शुल्क तिरेर सहभागी हुन पाउने छन् । छनोटपछि क्लोज क्याम्पमा सहभागीहरुलाई व्यक्तित्व बिकाससँग सम्बन्धित तालिम, प्रसिद्ध कोरियोग्राफहरुबाट फेसन शो तथा उनीहरु भित्र भएका प्रतिभा पहिचान गरी बाहिर ल्याउन सहयोग गरिने आयोजकले बताएका छन् ।

यसअघि आयोजना गरिएको मिस्टर एण्ड मिस विश्वकर्माको पहिलो सिजनमा अनिमा विश्वकर्मा र अमन विश्वकर्मा उत्कृष्ट हुन सफल भएका थिए । दोस्रो सिजनमा आकृति शंकर र दिनेश कुमार विश्वकर्मा उत्कृष्ट हुन सफल भएका थिए । तेस्रो सिजनका लागि लुम्बिनी प्रदेश संयोजक गहतराज पनि पछिल्लो सिजनमा उत्कष्ट पाँचमा पर्न सफल भई सव टाइटल विजेता बनेकी थिइन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ०४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन