१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवलमा मिस्टर एण्ड मिसेस विश्वकर्मा प्रतियोगिता



बुटवल । लुम्बिनी प्रदेभरीका विश्वकर्मा युवा युवतीहरु बीच बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्माको आयोजना हुने भएको छ । बिब्रोब्सको आयोजनामा देशभरबाट विभिन्न चरणमा प्रतिभाहरुको छनोट गरी प्रतिस्पर्धा गराउने उद्देश्यले बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्मा हुने भएको हो ।

विश्वकर्मा समुदायका युवाहरुलाई सामाजिक रुपमा अघि बढाउनका लागि अनलाइन अडिसन तथा फिजिकल अडिसनसहित देशका ७ वटै प्रदेशबाट उत्कृष्ट १/१ जना मिस्टर एण्ड मिस छनोट गरिने छ । केही प्रतिस्पर्धीलाई वाइल्डकार्डबाट प्रवेश गराई देशभरबाट कम्तिमा १२/१२ जना युवाहरु छनोट गरी मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल छनोट गरिने बिब्रोब्सका अध्यक्ष सञ्जिव विश्वकर्माले जानकारी दिए ।

सोही उद्देश्य अनुसार लुम्बिनी प्रदेश स्तरीय मिस्टर एण्ड मिस विश्वकर्मा आयोजना हुने भएको हो । अनलाइन अडिसनमा छनोट भएकाहरुलाई यही माघ ११ गतेदेखि क्लोज क्यम्पमा राखेर छनोटपछि माघ २७ गते ग्राण्ड फिनालेको आयोजना गरिने कार्यक्रमकी लुम्बिनी संयोजक एलिसा गहतराजले जानकारी दिइन् । विगत २ वर्षदेखि काठमाडौंमा मात्रै आयोजना गर्दै आइएको यो प्रतियोगिता तेस्रो सिजनमा भने देशभर पुगेर छनोट गर्ने उद्देश्यसहित प्रदेश स्तरीय प्रतिस्पर्धा गराइएको उनले जानकारी दिइन् । लुम्बिनीबाट प्रतिस्पर्धामा सहभागिताका लागि हालसम्म ४५ जना अनलाइन अडिशनबाट छनोट भइसकेको र यो सङ्ख्या थप बढ्न सक्ने उनले बताइन् । छनोट भएका उनीहरुलाई १६ दिनसम्म क्लोज क्याम्पमा राखी विभिन्न व्यक्तित्व बिकासका तालिमपछि पुनः छनोट गरी प्रदेश स्तरीय फिनालेमा प्रतिस्पर्धा गराइने गहतराजले बताइन् ।

विश्वकर्मा समुदायका ११८ थरको सूची तयार पारी उक्त समुदायभित्रका प्रतिभाको खोजी भैरहेको बताउँदै उनले १६ वर्ष पूरा भई २९ वर्षसम्मका युवा युवतीहरुले प्रतिस्पर्धामा भाग लिन पाउने जानकारी दिइन् । प्रत्येक प्रदेशबाट अनलाइन अडिसनमै कम्तिमा ३० जना युवा युवतीहरु छनोट गर्ने र प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्य अनुरुप हालसम्म कोशी प्रदेश र गण्डकी प्रदेशमा प्रतियोगिता सम्पन्न भइसकेका छन् । लुम्बिनी प्रदेशबागमती प्रदेशमा प्रतियोगिता गरिने छ ।

विजेतालाई नगद राशीसहित विभिन्न आकर्षक पुरस्कार तथा फेलोसिपको व्यवस्था गरिने प्रतियोगितामा डिजिटल अडिसनमा छनोट भएका प्रतिस्पर्धीले १० हजार शुल्क तिरेर सहभागी हुन पाउने छन् । छनोटपछि क्लोज क्याम्पमा सहभागीहरुलाई व्यक्तित्व बिकाससँग सम्बन्धित तालिम, प्रसिद्ध कोरियोग्राफहरुबाट फेसन शो तथा उनीहरु भित्र भएका प्रतिभा पहिचान गरी बाहिर ल्याउन सहयोग गरिने आयोजकले बताएका छन् ।

यसअघि आयोजना गरिएको मिस्टर एण्ड मिस विश्वकर्माको पहिलो सिजनमा अनिमा विश्वकर्मा र अमन विश्वकर्मा उत्कृष्ट हुन सफल भएका थिए । दोस्रो सिजनमा आकृति शंकर र दिनेश कुमार विश्वकर्मा उत्कृष्ट हुन सफल भएका थिए । तेस्रो सिजनका लागि लुम्बिनी प्रदेश संयोजक गहतराज पनि पछिल्लो सिजनमा उत्कष्ट पाँचमा पर्न सफल भई सव टाइटल विजेता बनेकी थिइन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ०४ बजे

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा