३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

सेतोपहरा दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो



काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : ५७ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा