२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का



काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले पु-याएको योगदानको प्रशंसा गरेका छन्। उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उनले सेनाको योगदान र पेशागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिनुभएको उनको सचिवालयले जनाएको छ ।

“सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आएको छ । आफ्नो कार्य सम्पादनका क्रममा नेपाली सेनाले भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ”, रक्षामन्त्री खड्काले भने, “ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन हुनेछन ।”

उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रकृया अगाडि बढाइएको जानकारी गराए। राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रुपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभइ विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र सङ्घको झण्डा मुनी रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै रक्षामन्त्री समेत रहेका खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्तिदूतका रुपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधै उच्च प्रशंसा हुने गरेको बताए। यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको गहन जिम्मेवारी पूरा गर्ने प्रमुख आधारशिला नै नेपाली सेनाको व्यावसायिक दक्षता रहेको र यसै कारणले नै शान्ति सैनिकका रूपमा नेपाली सेनालाई संयुक्त राष्ट्र सङ्घले प्राथमिकता दिने गरेको बताए । उनले भने, “नेपाली सेनाको व्यावसायिक क्षमतालाई सधैँ उच्च राख्न हामीले जोड दिनुपर्ने खाँचो छ । यसका लागि नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचना तथा सैन्य उपकरणहरूको पर्याप्त व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको छ ।”

उपप्रधानमन्त्री खड्काले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि अनुशासाशित र व्यवसायी फैजी संगठनको रुपमा नेपाली सेना अहोरात्र खट्दै आइरहेको उल्लेख गरे। “नेपाली सेनाले यस क्षेत्रमा पनि भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय निकुञ्ज सुरक्षा एवम् विपद् व्यवस्थापन तथा नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण लगायतका महत्त्वपूर्ण काम गरि रहेको भन्दै उनले भने, “यस पृतना अन्तर्गत कर्णाली प्रदेशका विकट तथा संवेदनशील क्षेत्रका विभिन्न स्थानमा तैनाथ रही गर्दै आउनु भएको सेवा प्रशंसनीय छ ।”
रासस

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : ५७ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।