२ भदौ २०८३, मंगलबार | August 18, 2026

झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु



झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् ।

शिवसताक्षी-१० सैनिक चौकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक-९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी-१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् ।

त्यस्तै कार चालक बिर्तामोड-३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड-४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड-३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

यस्तै शनिबार नै झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई-३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१६ प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो । दुर्घटनामा कनकाई-५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र कनकाई-३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ५४ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन