५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

संघीय संसदका विभिन्न तीन वटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत आज तीन वटा समितिका बैठक बस्दैछन् । जसमा प्रतिनिधिसभाका दुई र राष्ट्रियसभाको एक समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विद्यार्थी संघरसंगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा गुठी पीडित मोही किसानको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्वर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३२ बजे

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने