२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

न्यायाधीश अभावमा आफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सर्‍यो



रौतहट। मोहम्मद अफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सरेको छ । आइतबारबाट हुने भनिएको सुनुवाई न्यायाधीश अभावमा सरेको हो ।

रौतहट जिल्ला अदालतमा रहेका सात जना न्यायाधीशमध्य ३ जनाको उच्च अदालतमा सिफारिस भएको ,२ जना बिदामा रहेको र गोला गर्दा रहेका दुबै न्यायाधीशको भागमा मुद्दा नपरेपछि अफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सरेको जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले बताए ।

उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुईजना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित रहेको र गोला गर्दा आलमको मुद्दा दुबैको भागमा नपरेको हो । आलमको मुद्दाको सुनुवाइ अब माघ २० वा २१ गते तिरबाट हुने ढोडारीले बताए ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकेको थियो । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्यता र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ४७ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण