८ पुस २०८२, मंगलबार | December 23, 2025

विज्ञान शिक्षक समाजको अधिवेशन सम्पन्न



भैरहवा । देशै भरिका विज्ञान अध्यापन गराउने शिक्षकहरुको साझा सङ्गठन विज्ञान शिक्षक समाज नेपाल (STAN) अन्तर्गत रुपन्देही जिल्लाको प्रथम अधिवेशन भैरहवाको भानु माविमा सम्पन्न भएको छ ।

रुपन्देही जिल्लाका बिभिन्न विद्यालयमा विज्ञान पढाउने शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रम जिल्ला तदर्थ समिति संयोजक महेश प्रसाद गुप्ताको अध्यक्षता तथा शिक्षक श्री सन्तोष प्रसाद गुप्ताको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै शिक्षक डिलाराम खनाल, चिरन्जीवी रेग्मी, बासुदेव पौडेल र क्षितिज पाण्डेले विज्ञान शिक्षकको पेशागत विकास र देशको समग्र विज्ञान तथा प्रविधीको विकासको लागि STAN ले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भेलाले शिक्षक दिपक बन्जाडेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा महेश प्रसाद गुप्ता,सचिव सतोष प्रसाद गुप्ता, सहसचिव बिना बस्याल र कोषाध्यक्ष ओमकार आचार्य रहेका छन ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ४२ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको