२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताए ।

संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल भौगोलिक रुपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रूपमा रहेको बताए ।

प्रचण्डले माघे सङ्क्रान्ति पर्व खस-आर्य, मगर, राई, थारू, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ-आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रुपमा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताए ।

वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घीउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रुपमा माघीलाई लिइन्छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०२ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण