९ पुस २०८२, बुधबार | December 24, 2025

टुँडिखेलमा भागदौड, ८ जना घाइते



काठमाडौं । माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते भएका छन् । मगर र थारु समुदायले आयोजना गरेको फरक–फरक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणको भीड अनियन्त्रित हुँदा भागदौड सुरु भएको थियो ।

उक्त भागदौडमा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडमा च्यापिएर घाइते भएकाहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

कार्यक्रममा सहभागिताका लागि भित्र पस्ने र बाहिर निस्किनेहरुको घुँइचो बढेपछि केही तनाव भएको थियो । सामान्य झडप भागदौडमा परिणत हुँदा भीड अनियन्त्रित हुँदै च्यापिएर ८ जना घाइते भएका हुन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ०७ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका