४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

टुँडिखेलमा भागदौड, ८ जना घाइते



काठमाडौं । माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते भएका छन् । मगर र थारु समुदायले आयोजना गरेको फरक–फरक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणको भीड अनियन्त्रित हुँदा भागदौड सुरु भएको थियो ।

उक्त भागदौडमा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडमा च्यापिएर घाइते भएकाहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

कार्यक्रममा सहभागिताका लागि भित्र पस्ने र बाहिर निस्किनेहरुको घुँइचो बढेपछि केही तनाव भएको थियो । सामान्य झडप भागदौडमा परिणत हुँदा भीड अनियन्त्रित हुँदै च्यापिएर ८ जना घाइते भएका हुन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ०७ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा