२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो



काठमाडौं । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।

माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०४ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म