२० मंसिर २०८२, शनिबार | December 6, 2025

हानले भोलि नेपाल सत्कार दिवस मनाउने



काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले भोलि माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।्

दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई(लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।

दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय