८ चैत्र २०८२, आइतबार | March 22, 2026

वाल्मीकि आश्रम जोड्ने पुल बन्यो सञ्चालन भएन



नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन ।

रु पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो । वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । तर पुल निर्माण सम्पन्न भएको यतिका समय बित्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन ।

वाल्मीकि आश्रम हाल त्रिवेणी ब्यारेजबाट करिब आठ किलोमिटर भारतीय बाटो प्रयोग गरी पुग्न सकिन्छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँ पुग्न सहज छैन । झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अर्को छेउमा तारबार गरी बन्द गरिएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । पुलबाट वाल्मीकि आश्रम पुग्न नसकिए पनि पुल अवलोकनका लागि भने आन्तरिक पर्यटक आउने गरेको उनको भनाइ छ । पुलमा आउने तस्बिर खिच्ने, घुमफिर गर्नेको पुल क्षेत्रमा भीड लाग्ने गरेको वडाध्यक्ष शाहले बताए ।

त्रिवेणीस्थित झोलुङ्गे पुल तरेपछि वाल्मीकि आश्रमसम्म पुग्न करिब एक हजार सात सय मिटर बाटो निर्माण गर्नुपर्ने छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने बाटो नबन्दा पुल सञ्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । बाटो बनाउने विषयमा पटक–पटक निकुञ्जसहित सरोकारवालासँग छलफल चले पनि कुनै प्रगति हुन नसकेको उनको भनाइ छ ।

“बैठकमा पुल सञ्चालन गर्ने, बाटो बनाउने भन्ने सबैको राय मिल्छ, नबनाउने भन्ने कसैको कुरा हुन्न तर कामको प्रगति भएको छैन”, उनले भने । सरोकारवाला मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा कतिपय काम अघि बढ्न नसकेको उनको भनाइ छ । “वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल चलाउने, बाटो बनाउने भनेर पालिकाले नै पटक–पटक समन्वय गर्यो, तर उस्तै छ”, अध्यक्ष गिरीले भने, “हामीकहाँ अन्तर मन्त्रालयको समन्वयको कमीले समेत विकास निर्माणमा समस्या हुने गरेको छ ।”

नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम रहेको छ । दुई धार्मिकस्थललाई जोड्ने महत्त्वपूर्ण मानिएको पुल सञ्चालनमा आउने हो भने पर्यटकको थप आगमन बढ्ने त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले बताए । पुल सञ्चालनमा आए वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने उनको भनाइ छ । दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पुर्याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ५४ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल