३ भदौ २०८३, बुधबार | August 19, 2026

वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल सञ्चालन गर्न माग



चितवन । वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न माग गरेको हो ।

वाल्मीकि आश्रममा बसेको एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायत विभिन्न निर्णय गरेको छ ।

नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी–६ स्थित त्रिवेणीधाममा नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा सडक मार्ग भएर वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपरेको छ । नारायणी नदीमाथि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बैठकमा सहभागी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्जको कानुनी बाधाका कारण वाल्मीकि आश्रमलाई सडक मार्गसँग जोड्न नसकिएको बताए । नवलपुर र वाल्मीकि आश्रम जोड्नका लागि पुल सञ्चालनमा आए पनि पुलबाट आश्रम पुग्ने गरी सडक निर्माणमा निकुञ्जको अवरोध छ”, उनले भने, “यस विषयमा सङ्घीय सरकारले नै सहजीकरण गर्नुपर्छ ।”

धार्मिक ग्रन्थअनुसार त्रेतायुगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि वाल्मीकिसँग शिक्षा लिएको, वाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान् श्रीरामको अश्वमेध यज्ञमा छाडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमि यही स्थानमा पर्दछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ०३ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार