२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सहकारीमार्फत मजदुरबर्गको गरिवी निवारणमा टेवा पुराउन सकिने



बुटवल । स्थापनाको छोटो समयमै १ हजार ७ सय ६८ शेयर सदस्यहरु आवद्ध गराउन सफल पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सवारी धनी, चालक र मजदुरको पारिवारिक सुरक्षालाई मध्येनजर गर्दै पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था स्थापना गरिएको संचालकहरुले जनाएका छन् ।

साधारणसभाको उदघाटन गद बुटवल उपमहानगरपालीकाका उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल जस्तो बिकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक बिकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न आग्रह गरिन् ।

सहकारी क्षेत्रलाई ब्यबस्थित, मर्यादित र थप बिश्वसनिय बनाउन आवश्यक रहेको चर्चा गर्दै उपप्रमुख अर्यालले सहकारीमार्फत मजदुरबर्गको गरिवी निवारणमा टेवा पुर्याउन सकिने धारणा ब्यक्त गरिन् । बिगतदेखि बर्तमानसम्म हेर्दा यातायात क्षेत्र बुटवलको सम्रग विकासको आधारसमेत भएको बताउदै उपप्रमुख अर्यालले यातायात व्यवसायी, मजदुर र सम्बद्ध कर्मचारी आवद्ध रहेको सहकारीसँग सहकार्य गरेर अघि बढ्न उपमहानगरपालीका तयार रहेको जानकारी दिएकी छन् ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालि तथा सहकारीका अध्यक्ष दधिराम खरेलले ब्यबसायी, मजदुर र तिनका परिवारलाई समेत उत्थान गर्ने सहकारीको निति रहेको उल्लेख गर्दै जिवनभर यातायात क्षेत्रमा काम गरेका ब्यबसायी र मजदुरहरु जिवनको उत्तराद्र्धमा खाली हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । बस ब्यबसायी र मजदुरहरुले गरेको योगदानलाई कदर गर्न आवश्यक रहेको कुरा उल्लेख गर्दै अध्यक्ष खरेलले यसका लागि तिनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेको कुरामा उनले जोड दिएका छन् ।

कार्यक्रममा संघका पुर्व अध्यक्षहरु चोपनारायण श्रेष्ठ, तुलसीराम बन्जाडे, प्रालिका उपाध्यक्ष जिवन बन्जाडे, प्रबन्धक रामचन्द्र भुसाल, कार्यबाहक सचिव मन्जु बस्नेत लगाएतले सहकारीको उद्देश्य र समग्र यातायातकर्मीहरुको हकहितमा सहकारीले खेल्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।

यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको आर्थिक अवस्थालाई सबलिकरण गर्ने उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएकोे प्रवन्धक रामचन्द्र भुसालको भनाई छ ।

सहकारीमा हाल १ हजार ७ सय ६८ जना सदस्यहरु रहेको प्रत्रन्धक भुसालले बताए । छोटो अवधीमै पनि सहकारीले ३ करोड भन्दा बढि निक्षेप संकलन गरि झण्डै ४ करोड बराबरको कर्जा प्रवाह गरिएको अध्यक्ष खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ९ : ३० बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर