६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

काठमाडौंमा नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, ९ जना पक्राउ



काठमाडौं । काठमाडौंमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री-वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले नक्कली मदिरा बनाएर बिक्री-वितरण गर्ने समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

काठमाडौं थलीस्थित एक घरमा छापा मारेर प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन्।

पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए।

उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेबलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद भएको घिमिरेले बताए।

उनीहरूले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको उनले बताए।

त्यस्तै, प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरू समेत बरामद गरेको छ।

 

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ५८ बजे

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु