१६ भदौ २०८३, मंगलबार | September 1, 2026

नेपालगन्जमा खुल्यो पहिलो ‘कुटुम्ब’ बुक क्याफे



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक क्याफेमा बसेर किताव पढ्न पाइने सुबिधा सहितको बुक क्याफे संचालनमा आएको छ । नयाँ मुलुकको ऐतिहासिक शहरकारुपमा रहेको नेपालगन्जमा पहिलो बुक क्याफेकारुपमा कुटुम्ब क्याफे संचालनमा आएसँगै पुस्तकका पारखीहरुले चिया कफिको चुस्कीसँगै पुस्तकको आनन्द लिन पाउने भएका छन् ।

पुस्तक व्यवसायी बासु भण्डारीले २५ लाखको लगानीमा बुधबार देखि नेपालगन्जमा कुटुम्ब बुक क्याफे संचालनमा ल्याएका छन् । लामो समयदेखि स्टेसनरी तथा खेलकुद सामाग्रीको कारोबार गर्दै आएका भण्डारीले अध्ययनशिल, बौद्धिक तथा बिद्यार्थीहरुलाई लक्षित गर्दै बुक क्याफे संचालनमा ल्याएको बताए ।

नेपालगन्जमा बिभिन्न स्वादका क्याफे र बेकरीहरु रहेपनि लामो समयदेखि बुक क्याफेको आवश्यकता महसुस गरिँदै आएको थियो । नयाँ खुलेको बुक क्याफेले अध्ययनमा अभिरुची राख्नेहरुका लागि सहज बनाइदिएको क्याफेमा भेटिएका बरिष्ठ पत्रकार झलक गैरेले बताए ।

केही सिक्न चाहने र जान्न चाहनेहरुका लागि कुटुम्ब क्याफे अध्ययनको केन्द्र बन्न सक्ने खेल पत्रकार टिएस ठकुरीले बताए ।

आज मध्यान्ह देखि संचालनमा आएको क्याफेमा आज दिनभरी नेपालगन्जका कफी र पुस्तकका पारखीहरुको भीड लागेको छ ।

नेपालगन्जमा संचालनमा रहेका केही क्याफेहरुले अनौपचारिक पत्रपत्रिका र केही कितावहरु राख्न गरेपनि पुस्तकको उपलब्धता सहित खुल्ने कुटुम्ब बुक क्याफे पहिलो भएको संचालक भण्डारीले दाबी गरे ।

नेपालगन्जको धम्बोझीमा खुलेको क्याफेलाई दुईभागमा बिभाजन गरिएको छ । क्याफेमा प्रवेश गरेसँगै पुस्तक सहित परिकारको सेवा लिन सकिने छ भने त्यसपछिको भागमा अत्याधुनिक रेष्टुरेन्ट संचालन गरिएको छ । सालिन र पारीवारिक ब्यक्तित्वहरु नै क्याफेको लक्षित ग्राहक हुने अपेक्षा छ । संचालक भण्डारीले भने ।

बुक क्याफेमा कम्तीमा ४ जना र रेष्टुरेन्टमा १५ बढीले रोजगारी पाउने र रेष्टुरेन्टमा मात्र ७० लाख बढीको लगानी रहेको भण्डारीले बताए । रुफटप, फेमिली क्याबिन र मिटिङ हल सहित रहेको कुटुम्बको रेष्टुरेन्टमा नेपाली रैथाने परिकार उपलब्ध हुने उनले बताए ।

भण्डारीका अनुसार बुक क्याफे परिसरमा धुम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ भने रेष्टुरेन्टमा छुट्टै धुम्रपान क्षेत्र तोकेर अन्य स्थानलाई पारिवारीक वातावरण बनाइएको छ ।

उनले क्याफेमा नयाँ प्रकाशित पुस्तक तथा दुर्लभ ऐतिहासिक पुस्तकहरु पढ्ने ब्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : १४ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा